दोलखा/प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट (प्रस्तावित चरिकोट अस्पताल) मा ४१ औ सामाजिक सेवा दिवसको अवसरमा महिला तथा बाल स्वास्थ्यको सम्बन्धि विविध विषयमा अन्र्तक्रिया आयोजना गरिएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु बीच कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, नवजात शिशु, बाल तथा जेष्ठ नागरिकको स्वास्थ्यमा परेको प्रभाव र महामारीको बीच प्रदान गरिने स्वास्थ्य सेवा मार्ग निर्देशक सम्बन्धि अन्र्तक्रिया आयोजना गरिएको अस्पतालले जनाएको छ ।
अन्र्तक्रिया कार्यक्रममा अस्पताल सञ्चालक न्याय हेल्थ नेपालका मेडिकल अधिकृत सन्तोष पाठकले सहजिकरण गर्नु भएको थियो भने प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) का डाक्टर हिमशैल खड्का, नर्सिङ इन्चार्ज जेनी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्