Uncategorizedमुख्य समाचारराजनिति

नेकपा स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालले प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मतले पारीत गर्दै सम्पन्न भएको छ ।
असार १० गते सुरु भएको स्थायी समिटी बैठकमा बिभिन्न समस्याहरु आएपछि महासचिव बिष्णु पौडेलको संयोजकत्वमा समिति बनाई प्रस्ताव तयार गरिएको थियो । उक्त प्रस्तावमा अध्यक्षद्वय ओली र दहालले केहि फेरबदल गरी आजको स्थायी समिटी बैठकमा पेश गर्नु भएको थियो ।
अध्यक्षद्वयले पेश गर्नु भएको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरै कार्यकाल प्रधानमन्त्रीको रुपमा काम गर्ने र पुष्पकमल दहालले पार्टीको सम्पूर्ण काम गर्ने उल्लेख छ ।
स्थायी समिति बैठक आज साँझ ४ः०५ बजे उत्साहका साथ सम्पन्न भएको पार्टी प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो ।

सम्बन्धित समाचार