दोलखा/सदरमुकाम चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा इक्टोपिक प्रेग्नेन्सी (पाठेघर बाहिर बच्चा बसेको) को जटिल सल्यक्रिया भएको छ ।
बिभिन्न कारणले पाठेघरमा संक्रमण भएपछि बाहिरी भागमा बच्चा बन्ने (इक्टोपिक प्रेग्नेन्सी) क्रममा रगतको डल्लो फुटेर अत्यधिक रक्तस्राब भै जोखिममा रहेको दोलखा विगु गाँउपालिका वडा नम्बर ८ खोपाचाँगुकी ३३ बर्षिय सरिता थामीको आपत्कालिन अवस्थामा गरिएको जोखिम सल्यक्रिया सफलतापूर्व सम्पन्न गरिएको न्याय हेल्थ नेपालको सञ्चालनमा रहेको प्रस्तावित चरिकोट अस्पतालका एमडिजिपि डाक्टर तुलाकृष्ण गुप्ताले बताउनु भयो । असोज ५ गते निक्कै जोखिम अवस्थामा विरामी अस्पतालमा आउनु भएको थियो, ढिला गरिएको भए ज्यान जाने खतरा थियो त्यसैले काठमाडौँ रिफर गर्ने अवस्था पनि भएन डाक्टर गुप्ताले भन्नु भयो – हामीले विरामीको श्रीमानको सहमतिमा जोखिम मोलेर तत्कालै सल्यक्रिया ग¥यौ र सफल पनि भयो ।
सामान्यतया मानिसको शरिरमा कम्तिमा हेमोग्लोविन १२ ग्राम परडिसिलिटर हुनुपर्नेमा सरिताको अप्रेशन गर्ने बेलामा हेमोग्लोविन ५ ग्राम परडिसिलिटरमात्र भएकोले पनि सल्यक्रिया निक्कै जोखिमपूर्ण रहेको डाक्टर गुप्ताले बताउनु भयो । अप्रेशनको क्रममा सरिताको पेटमा जमेको झण्डै तीन लिटर रगत निकालिएको डाक्टर गुप्ताले बताउनु भयो ।
सरिताको अप्रेशनमा अस्पतालका डाक्टर सन्तोष पाठक, डाक्टर उदय दिवाकर, डाक्टर करुणा खाती र नर्स रश्मी वासीको टिम संलग्न रहेको अस्पतालले जनाएको छ ।
महिला गर्भवती हुनलाई पुरुषको विर्य र महिलाको अण्डकोष पाठेघरको फ्यालोपिन्ट ट्युवमा मिल्ने र जोडि बनेर पाठेघरमा पुगेर गर्भ रहने डाक्टर गुप्ता बताउनु हुन्छ । तर कहिले कहि बिभिन्न कारणले त्यो जोडि पाठेघर नपुगि फ्यालोपिन्ट ट्युव फुटेर पेटमा जाने डाक्टर तुलाकृष्ण गुप्ताले बताउनु भयो । यस्तो अवस्थामा पेटमा रगतको डल्ला फुटेर अत्यधिक रक्तश्राव हुने र तत्काल सल्यक्रिया नगरिए विरामीको मृत्यु समेत हुनसक्ने डाक्टर गुप्ताको भनाई छ । सरिता थामी यस्तै अवस्थामा अस्पताल आएको र अस्पतालमा क्रियाशील डाक्टरहरुको टिमले उनको तत्काल सफलतापूर्वक सल्यक्रिया गरेको डाक्टर गुप्ता बताउनु हुन्छ ।
अस्पतालको बेडमा स्वास्थ्य लाभ गरिरहनु भएको सरिता थामीले आफु झण्डै एक बर्ष अघि देखि पेटको समस्याले पीडित रहेको र असोज ४ गतेदेखि पेट दुख्ने समस्या बढ्दै गएकोले उपचारको लागि चरिकोट अस्पताल आएर भर्ना भएको बताउनु भयो । अस्पतालले जोखिम मोलेरै भएपनि मेरो उपचार गरिदिनु भयो र मैले नयाा जीवन पाए – सरिताले भन्नु भयो ।
अस्पतालले निशुल्क रुपमा सरिताको राम्रो उपचार गरेको उनको श्रीमान रत्नबहादुर थामीले बताउनु भयो । आर्थिक समस्याको कारण जतिसुकै जोखिम भएपनि काठमाडौँ लाने अवस्था थिएन तर चरिकोट अस्पतालमा निशुल्क रुपमा श्रीमतीको राम्रो उपचार भएको छ – रत्नबहादुरले भन्नु भयो । अस्पतालमा नपाईने केहि औषधि भने किन्नु परेको रत्नबहादुरले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्