
सम्राट चाैलागाई
नयन ढाक्छ अधेरी रात्रीमा,
दियोमा तेल सकिए पछी।
सुख्खा छायो प्रिय धरतिमा,
खहरेमा भेल सकिए पछी।
दोधारे माया छर्दै मख्ख पार्छौ
जवानी छ सुन्दर भनेर ।
एक्लै बस्छु शान्त चौतारीमा,
जीबनमा मेल सकिए पछी।
कालो छ व्यबहार कोइला जस्तै
कालो रहेछ मन पनि ।
उमङ्ग जागर छैन मनैमा,
पिरतीमा खेल सकिए पछी।
दस डाडै पारी जगतै पारी
तिम्रो अलग छ रे दुँनिया।
हिड्दै- हिड्दै जान्छौ रनबनमा
शहरमा रेल सकिए पछि।
मनको दुँनिया रमाइलो छ
अब तिम्रो स्वार्थको के काम ।
छाडा बन्यौ चोखो पिरतीमा,
जगतमा जेल सकिए पछी।

प्रतिक्रिया दिनुहोस्