दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका–४, लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम सुुरु भएको छ । पाँच दिनसम्म चल्ने स्वर्ण महोत्सवको उद्घाटन विहिवार संघीय सांसद गंगा कार्कीले गर्नुभयो ।
सो अवसरमा सांसद कार्कीले छुुट्टै इतिहास भएको विद्यालयको शैक्षिक भविष्यका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए । उनले विद्यालय परिसरमा स्थापना गरिएको स्वर्ण स्तम्भको पनि उद्घाटन गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कुल बहादुर बुुढाथोकी, कालिञ्चोक गाउँपालिका–७, का वडा अध्यक्ष राम पाण्डे, ४ नम्बर वडा अध्यक्ष दिपक खुलाल, पत्रकार महासंघका केन्द्रीय सदस्य लक्ष्मण थामी लगायतले शैक्षिक गुणस्तरमा थप सुधार गर्दै अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीमबहादुर पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले बिभिन्न आरोह अबरोह पार गर्दै ५० वर्ष प्रबेश गरेको उल्लेख गर्दै शैक्षिक सुधारका लागि थप प्रतिवद्ध भएर लाग्ने बताए । कार्यक्रममा तेतिसकोटी प्राविका प्रअ खड्गध्वज खत्री, जनकल्याण आविका प्रअ सुबर्ण कार्की, भगवती माविका प्रअ सुसन श्रेष्ठ, सित्का माविका प्रअ दिनेश शिवाकोटी, कालिनाग मावि सिंगटीका सहायक प्रअ तेजबहादुर खत्री, पुर्ब विव्यस अध्यक्ष धनबहादुर कार्की, कालिञ्चोक गाउँकार्यपालिका सदस्य भवानी थामी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको बीचमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेको प्रमुख उपस्थिति रहनेछ भने जिल्लाको २ नम्बर क्षेत्रका सांसद भरत केसीको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सवको समापन हुने विद्यालयले जनाएको छ ।
विद्यालयले स्थापनाको ५० बर्ष प्रबेश गरेको अबसरमा पाँच दिनसम्म स्वर्ण महोत्सवको आयोजना गर्न लागिएको हो । हामी सबैको ईच्छा ः गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा भन्ने नाराका साथ आयोजना गरिएको स्वर्ण महोत्सवमा जिल्ला स्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिका स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिता, गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, गाउँपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने विद्यालयका सहायक प्रधानाध्यापक डम्बरबहादुर थामीले बताए ।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक÷कर्मचारी कार्यरत छन् । २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पुर्वाधारको समस्या झेल्दै आएको छ । २४ सय वर्गमिटर क्षेत्रफलमा ८ कोठे र ६ कोठ पक्की भवन, ट्रस्टका दुई/दुई कोठे ४ वटा भवनमा पठनपाठन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्