अर्थ र ब्यापारबागमतीसमाचार

नेपाल उद्योग बाणिज्य महासंघमा मानन्धरको उम्मेदवारी

दोलखा/नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धरले महासंघको आगामी चैत्र २९– ३० को ६० औ साधारणसभामा बागमती प्रदेश भुगोल तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफुलाई मत दिन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

दोलखा उद्योग बाणिज्य संघ र दोलखा जिल्ला निर्माण व्यवसायी संघको नेतृत्व गरीसकेका मानन्धर दोलखाको सफल व्यवसायी हुन् । उनले नेतृत्व गरेको समय दोलखा उद्योग बाणिज्य संघ देशकै उत्कृष्ट बनेको संघका सचिव प्रविण श्रेष्ठ बताउछन् ।

सफल व्यवसायी रामेश्वर मानन्धरले नेतृत्व गर्दा दोलखा उद्योग बाणिज्य संघले उद्योग व्यवसायीका समस्या समाधान गर्ने कार्यक्रम, स्थानीय उत्पादन प्रर्वद्धन कार्यक्रम, व्यवसायीक प्रशिक्षण तथा युवा उद्यमशिलता कार्यक्रम, साना तथा मध्यम उद्योगीलाई लक्षित नीति अभियान, व्यापार पर्यटन विस्तार जस्ता धेरै लोकप्रिय कार्यक्रम सञ्चालन गरेको दोलखाका उद्योगी– व्यवसायीहरु स्मरण गर्छन ।

देशभरीकै उद्योगी– व्यवसायीहरु नीतिगत अस्पष्टता र आर्थिक समस्याका कारण पीडामा रहेको बेला अनुभवी व्यवसायी रामेश्वर मानन्धरले महासंघको केन्द्रीय सदस्यमा दावि गरेर आम उद्योगी– व्यवसायी बीच नयाँ उत्साह र उर्जा दिएको सचिव प्रविण श्रेष्ठको भनाई छ ।

मानन्धरलाई विजयी गराउन सबै उद्योगी– व्यवसायीहरु एक भएर लागेको उनको भनाई छ ।

जापान, थाइल्याण्ड, अमेरीका, चीन, भारत, अष्ट्रेलिया, फ्रान्स, इटली, बेलायत जस्ता मुलुकहरुमा भ्रमण गरी उद्योग– व्यवसाय सम्बन्धि बिबिध विषयमा अध्यन गरेका मानन्धरको जीतले महासंघको आगामी नेतृत्वलाई नीति निर्माण र सक्रियतामा सहयोग पुग्ने व्यवसायीहरु बताउछन् ।

दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ र महासचिव सुरेश उप्रेतीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग बाणिज्य महासंघको बागमती प्रदेशलाई आवश्यक सक्षम नेतृत्व सफल व्यवसायी रामेश्वर मानन्धरले गर्नसक्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा माननधरलाई मत दिन आग्रह समेत गरिएको छ ।

सम्बन्धित समाचार