मुख्य समाचारयो पनि

गरिबी निवारणका लागि सि अवधारणा

काठमाडौँ/फ्रेण्डस अन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले काठमाडौँमा आयोजना गरेको ‘गरिबी निवारणमा सि जिन फिङको सोच’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले नेपालमा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रपति सि जिन फिङको अवधारणा उपयोगी हुने बताएका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै डा. अग्नी काफ्लेले गरिबी निवारणका लागि सीपमूलक र व्यवसायीक शिक्षा आवश्यक हुने बताए । चीनको विकासमा आधुनिक शिक्षासंगै सीपमूलक र व्यवसायीक शिक्षाको भूमिका महत्वपूर्ण रहेको डा. काफ्लेको भनाई थियो ।

अर्थशास्त्री एवम् जनसंख्याविद् डा. कुशुम शाक्यले नेपालको विकासको लागि चिनियाँ राष्ट्रपति सि जिन फिङले प्रस्तुत गरेको १० बुँदे मार्गचित्र महत्वपूर्ण हुने उल्लेख गर्दै नेपालको विकासको लागि पुर्वाधार विकास र यातायातको विकास आवश्यक रहेको बताईन । बलियो पूर्वाधार र यातायात सेवा विना उत्पादन, बजारमा पहुँच र प्राकृतिक स्रोत साधनको उपयोग सम्भव नहुने डा. शाक्यको भनाई छ ।

फ्रेण्डस अन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले नेपालको अस्थिर राजनीति, भ्रष्टाचार, युवाहरुको विदेश पलायन, व्यरोजगारी, उद्योग– व्यवसायमा देखिएको निराशा जस्ता विषयलाई सम्बोधन गर्दै चिनियाँ मोडलमा गरिबी निवारण गर्न सकिने बताए ।

कार्यक्रममा जापानका लागि नेपालका पूर्व राजदूत डा. बिष्णुहरि नेपाल, इतिहासविद् डा. गोविन्दमानसिंह कार्की लगायतले नेपालको गरिबी निवारणमा चिनियाँ मोडलको भूमिका विषयमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार