दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ स्थित मञ्जुश्री पार्क आसपास शनिवार दिउँसो लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा निभाईएको छ ।
मञ्जुश्री पार्क क्षेत्रमा आगलागी भएको खबर प्राप्त भएपछि गरुड दल गणबाट उप सेनानी पृथ्वीराज घलेको कमाडण्मा १३ जना, शसस्त्र प्रहरी बलको १÷९ को नफ्री तथा स्थानीय सहित करिब ३० जनाको संयुक्त प्रयासमा आगो निभाउन सफल भएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
सबैको प्रयासमा शनिवार साँझसम्ममा आगो पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको गणपति कर्णेल कटुवालले बताए । आगलागीबाट कुनै मानविय क्षति भने नभएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्