दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ दोलखाले नगर व्यापी आधारभूत तहस्तरीय वडा अध्यक्ष कप छात्र भलिबल प्रतियोगीता आयोजना गरेको छ ।
भीम माध्यामिक विद्यालय दोलखाको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा महेन्द्रोदय मावि माटी प्रथम, भीम मावि दोलखा द्वितिय, त्रिपुरा ग्लोरियस एकाडमिक बोर्डिङ स्कूल चरिकोट तृतिय र कुटिडाँडा मावि मकैबारी सान्त्वना भएका छन् ।
वडा अध्यक्ष कप छात्र भलिबल प्रतियोगीतामा विजयी विद्यालय तथा खेलाडिहरुलाई भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतले नगद पुरस्कार, प्रमाणपत्र, शिल्ड र मेडल वितरण गरेको थिईन ।
भीमेश्वर नगरपालिका वडा नम्बर– २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, भीम मावि दोलखाका प्रधानाध्यापक शेषनाथ आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगीतामा भीमेश्वर नगरपालिका भीत्रका नीजि तथा सामुदायीक गरी १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्