दोलखा/दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ बन्देथलीमा सामान्य विवादमा जेठाजुले बुहारीको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा जेठाजु ६८ बर्षिय चन्द्र बहादुर थामीले बुहारी ५१ बर्षिय देउमाया थामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिवार दिउँसो ४ बजेतिर सामान्य घरायसी वाद– विवादमा जेठाजु चन्द्र बहादुरले देउमायालाई घरेलु हतियार खुकुरी र ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
घट्नाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय सिंगटीको टोली घट्ना स्थल पुगि अभियुक्तको खोजि गरेको थियो ।
बुहारीको हत्या गरी फरार रहेका चन्द्र बहादुरलाई घट्ना स्थल भन्दा ४ किलोमिटर टाढा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ लेप्टुङको अधेरी खोलाको खोल्साबाट प्रहरी निरीक्षक बिष्णुहरि फुँयालको टोलीले शनिवार साँझ करिब ५ः३० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चन्द्र बहादुरको साथबाट हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए ।
घट्नाको विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्