
सम्राट चाैलागाई
हिउँ परेको छ हिमालमा
यहाँ पानी किन चिस्याउछौ।
शरीर थाकेको छ मेरो
सबैले जानि किन घिस्याउछौ।
थोरै बिस्वास गर्नु पर्थ्यो
तर मैले त मन मुटु नै दिए।
दिनदिनै गल्लिमा बसि
माया मागी किन चिच्याउछौ।
पोहोर साल भेटेको हो
यहि बर्ष घरबार टुट्दै छ है।
नयाँ- नयाँ सपना देख्दै
सिरक तानी किन बिछ्याउछौ।
मन्दिर गयौ वर माग्यौ
छोटो यात्रा सहज बनोस भनी।
के तिर्थ केको व्रत हैट
रोधि छिरी धन किन सिध्याउछौ।
उकाली ओरालिमा यात्रा
सहज गर्ने हाम्रा बाँचा कसम।
अर्कै हेर्छौ गल्ती देख्छौ
खरानिलाई किन पिल्स्याउछौ।

प्रतिक्रिया दिनुहोस्