दोलखा/दोलखामा निर्वाचन प्रहरीको लागि सञ्चालन गरिएको १० दिने तालिम मंगलवार सम्पन्न भएको छ । तालिममा १२ सय ७६ निर्वाचन प्रहरीको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले निर्वाचन प्रहरीले इमान्दारीता पूर्वक जिम्मेवारी पुरा गर्ने विश्वास सरकारले लिएकोले निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न तथा उम्मेदवार र मतदातालाई सुरक्षाको प्रत्याभूती दिने कुरामा सक्रियता पूर्वक लाग्न निर्देशन दिए ।
तालिम समापन कार्यक्रममा गरुड दल गण दोलखाका गणपति कर्णेल लोक सागर कटुवाल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा, शसस्त्र प्रहरी नायव उपरीक्षक सञ्जय अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय दोलखाका प्रमुख धिरज बाँनीया लगायतको सहभागिता रहेको थियो ।
तालिममा सहभागि निर्वाचन प्रहरीले आफुहरुले प्राप्त गर्ने सुविधा, विदा, निर्वाचनमा खटिदा पुरा गर्नुपर्ने जिम्मेवारी र अधिकार, अंग्रेजी भाषामा प्रमाणपत्र जस्ता विषयमा जिज्ञासा राखेका थिए ।
निर्वाचन प्रहरीका जिज्ञासा बारे प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे र प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी गराएका थिए ।
दोलाखमा १३ सय ५० निर्वाचन प्रहरी आवश्यक रहेकोमा अहिले सशस्त्र प्रहरी तर्फका ४६ जना समेत गरी १२ सय ७६ जना तालिममा सहभागि रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । थप मद्दत काभ्रेपलाञ्चोकबाट आउने प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
निर्वाचन प्रहरीलाई चरिकोट, सिंगटी र जिरीमा तालिम दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्