कला / साहित्य

साथि लाग्दैछ

सम्राट चाैलागाई

सुनसान आकाश रुन देउ,

चन्द्रमा साथि लाग्दैछ।

यहाँ धर्ती यी पहाडमा शान्ती छैन

गुहार माग्दैछ।

तारा नियाल्छ लुकि लुकि

गन्दै सितका थोपा थोपा।

यी हिमाल हास्छन

देखि हाम्रा तिता कथा ब्यथा।

रात आफ्नो भन्छ जुनकिरी

खोज्छ चारैतिर उज्यालो।

न सुख छ खोलीलाई न आनन्द

मागी हिड्ने जोगिलाई।

भोकै छैनन पशुपन्छी

न भोका छन सडकमा माग्ने पनि।

होला धन धेरै मनले मागे जस्तै

छैन चैन यो रात पनि।

बियोग त दिनमा घामले

रातमा जुनले पनि भोगेकै छ।

हाम्रो कथा हाम्रै ब्यथा

अरु त नजर समाजले लेखेकै छ।

सम्बन्धित समाचार