शुभराज पाेखरेल
गौरिशंकरको काखमा लुपुक्क बसेर मुसुक्क मुस्कुराउंदै शैलुङलाई च्याई रहेको पाहाडको अनुपंम शौन्दर्य चरिकोट बजार न्यानो आतिथ्यको उपमा बनेको छ । पौराणिक जिवित इतिहासको पावन भूमी विशिष्ठ नेवा: संस्कृती र पहिचान बोकेको दो:ल्खा बजार जहां विराजमान छन् वल र सक्तीका देवता भिमशेन उनी तपाई हामीलाई आशीर्वाद दिन लालाहित छन् । धार्मिक तथा प्राकृतिकको अनुपंम संगम सुन्दर प्राकृतिक छटामा गौरीशंकरलाई सांच्छि राख्दै पहाडको अग्लो थाप्लोमा कुण्ड भित्रकी कालिन्चोक भगवती, सबैलाई स्वागत गर्न बसेकी छिन् ।
महाभारत कै सबैभन्दा उच्च भाग सय थुम्काको अलौकिक प्राकृतिक उपाहारमा रम्दै पचासौं हिमालको दृष्यावलोक गराउंदै बुद्ध -हिन्दु धर्मको पवित्र स्थलमा विचरण गराउन पर्खि रहेछ हाम्रो शैलुङ । पवित्र गौरिशंकरको समिपमा शेर्पा र थामीको सुन्दर बस्ती नेपालकै पहिलो आनी गुम्बा, बुद्ध धर्मको पवित्र भूमी विगु ध्यान र ज्ञानको पर्यायवाची हो विगु गुम्बा जहां सहृदयी आनीको आतित्यथामा सबैलाई अलौकिक शान्ति प्राप्त गराउन पर्खि रहेछन्।
खिम्ती र लिखुको उद्गम हरियाली सुन्दर छटा हिन्दु र बौध्द धर्मको आस्थाको संगम् अदभूत प्राकृतिक स्वर्गय मनोमोहक दृष्य पांच पोखरी, जटा पोखरी र भूत पोखरी पर्खी रहेछ यहांहरूलाई आफूमा विचरण गराउन् । लेककों सल्लेरी फांट, खोलाको किनारमा सानो उपत्यका जिरेल सभ्यताको उद्भव, जिरेल संस्कृतीको अनुपंम क्षेत्र शिक्षा र स्वास्थ्यको उर्भर भूंमी,प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकिय क्षेत्र जिरी तपाईहरूको स्वागतमा मुस्कुराई रहेछ ।
प्राकृतिक सुन्दरता हरियाली गाऊ बस्ती बीचबाट नागबेली सडक छेउमै आदिवासी थामीबस्ती हाम्रो गौरव थामी जातिको उद्गम स्थल सुस्पा सुन्द्रवती आदिवासीका सोधकर्ताको पर्खाईमा बसिरहेको छ सिगटी गोंगर, लामाबगर तामाकोशीको तिरैतीर, नागबेली तामाकोशीलाई वारीपारी गर्दै गाडिमा हुंकिदै सुरूङ्ग बाटो पार गर्दै पुगिनने नेपाल चिनको ऐतिहासिक नाका लप्चीको सुन्दर छटाले इतिहासकारहरूलाई खोजिरहेछ ।
लामा बगरको आकर्षक सुन्दर तामाकोशी बांध गौंगरको डेढ् किलोमिटर सुरूङ्ग भित्रको पावर हाउस् कुनै महलको झल्को दिने पांचतले आधुनिकताले अनुपंम तामाकोशी हांड्रोपावरले आघुनिक विकासवादीलाई झकझक्याई रहेछ । छ्योत्छ्योत तामकोशीको झोलुंगे पुल र आक्रसक झर्ना हेर्दै एघार सय सिंडी उकालो पछिको स्वर्गीय आनन्द तामाङ शेर्पाको अनुपंम एकता सुन्दर सिमिगाऊले सबैलाई मोहीत बनाई रहनेछ ।
रोलवालीङ्ग नदीसंग लुकामारी गर्दै सुन्दर खोला झरना नदिको सुसेली, हिमाली संन्दर्य र अलौकिक प्राकृतिक छटामा रमाउदै सुबिधा युक्तबाटो पछ्याउदै डोंगाङ, ठांङदिङ, बेदिङ, ना हुंदै नेपालकै ठुलो छोरोल्पा हिमताल ग्ल्यासियर अनुसन्धान कर्ताहरु पखाईमा छ । रोल्वालिङको किनारमा आलु, जौ र वां को हरियाली फांट ठुला ठुला हरियाली खर्कहरूमा एक हुल चौरीहरू चौरीका बथानबाट आएको एकोहोरो टिङटिङ आवाज चौरी दुहुंन् आलु खन्न र चिया बनाउंनमा व्यस्त शेर्पीनीहरू हिमलको काखमा चित्रकारले रंगाए जस्तै सुन्दर शेर्पा बस्ती सागरमाथा आरोहिको पर्खिरहेको बुद्ध भूमी वेदिङ ।
करिब चार हजार मिटर उचाइमा सबै घरहरू आघुनिक होटलमा फेरिएको छन् हिमालको बीचमा रोलवालिङ नदि किनारको अवस्थित मोहिनी लगाउने र छोरोल्पा खुम्बु जाने अन्तिम बस्ती ना ले मनलाई लठ्ठै बनाईदिन्छ ।

प्रतिक्रिया दिनुहोस्