दोलखा/गोरखापत्र संस्थान मधुपर्क मासिकले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको दुई दिने साहित्य सम्मेलन– २०८२ शनिवार सम्पन्न भएको छ । साहित्य सम्मेलनको सह– आयोजक शैलुङ गाउँपालिका र शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्था रहेको आयोजक गोरखापत्र संस्थानले जनाएको छ ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मा पर्ने तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती रहेको छ । शैलुङमा हरेक बाह्र बर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ ।
साहित्य सम्मेलनमा कवि रञ्जन न्यौपाने, सुवासचन्द्र पौडेल, मणी लोहनी, लक्ष्मी ढकाल, विमुन्स पौडेल, किशोर पहाडी, तुलसिहरि कोईराला, चेतनपथ माधव, अनिता कोईराला, प्रकाश घायल, रेखा आचार्य, अञ्जना पौडेल, सुशीला शर्मा, सुशीला खड्का हसिना, श्रीबाबु कार्की, बिष्णु आचार्य, भगवती वस्नेत, कर्ण दहाल, उषा केसी, ऋषभदेव भट्टराई, बिष्णुमाया कट्टेल (सिक्कीम), लेखक– निबन्धकार जयदेव भट्टराई, युवराज नयाँघरे, गीता रेग्मी, जय छाङछा राई, उत्तम भट्टराई, सुमन गिरी लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा दोलखाबाट कवि सुन्दर खड्का, दीपशङ्कर चौलागाई, तारा विएम लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी साहित्य सम्मेलनमा शैलुङ गाँउपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ, तामाकोशी गाउँपालिकाका प्रमुख प्रोणप्रताप केसी, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गितकार एमव् समाजसेवी शोभित उप्रेती, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी, गोरखापत्र संस्थानको अनलाईन सम्पादक लक्की चौधरी, तारा बस्याल, दिपक श्रेष्ठ, पर्यटन बोर्डका प्रवीण थपलिया, साहित्यिक पत्रकार समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवर, पत्रकार कृष्ण मल्ल लगायतको सहभागिता रहेको थियो ।

दोलखाको धार्मिक एवम् पर्यटकीय केन्द्र शैलुङमा गोरखापत्र संस्थानले आयोजना गरेको साहित्य सम्मेलनले यो क्षेत्रको पर्यटन प्रवद्धनमा महत्वपूर्ण सहयोग पुग्ने सम्मेलन आयोजनामा सहयोग गर्नुहुने गितकार एवम् समाजसेवी शोभित उप्रेतीले बताउनु भयो ।
साहित्य सम्मेलनको व्यवस्थापनको लागि शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाका स्थानीय रुद्र थपलिया, युवा समाजसेवी नवराज खड्का, गितकार एवम् युवा समाजसेवी प्रवीण थपलिया र शैलुङ गाँउपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष धन बहादुर तमाङले सक्रियतापूर्वक सहयोग गर्नु भएको सह– आयोजक शैलुङ गाउँपालिकाले जनाएको छ ।
गोरखापत्र संस्थानले शनिवार शैलुङ गाउँपालिका वडा नम्बर– ४ मा रहेको दुर्गा माध्यामिक विद्यालयलाई बिभिन्न पुस्तकहरु समेत हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्