दोलखा/नेपाली सेनाले शुक्रवार दोलखा सदरमुकाम चरिकोटमा सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि डेमोस्ट्रेशन कार्यक्रम सञ्चालन गरेको छ । नेपाली सेनाको गरुड दल गणले टुँडिखेलमा सञ्चालन गरेको कार्यक्रममा सदरमुकाम चरिकोट स्थित बिभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
दोलखा जिल्ला प्राकृतिक प्रकोप र बिभिन्न प्रकारका विपद्को हिसाबले जोखिमपूर्ण जिल्लामा पर्ने भएकोले विद्यार्थीहरुको सहभागितामा सामुदायीक विपद् प्रतिकार्य सम्बन्धि डेमोस्ट्रेशन कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो । यस्तो कार्यक्रम बिभिन्न स्थानमा सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।
कार्यक्रममा आगलागी, ग्यास लिक भएर हुने आगलागी, बिजुलीको पोलमा हुने आगलागी, भुकम्प जस्ता प्राकृतिक प्रकोपका घट्ना र त्यसबाट बँच्ने उपाएहरुको बारेमा डेमोस्टे«सन गरिएको थियो । त्यसैगरी प्राथामिक उपचारको विधिबारे पनि डेमोस्टे«सन गरिएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले प्राकृतिक विपद्, त्यसको रोकथाम र उद्दारको सुरक्षित विधिको बारेमा नाटक प्रर्दशन गरेका थिए ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवाल, प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, सशस्त्र प्रहरी नायव उपरीक्षक, पत्रकार, नागरिक समाजका प्रतिनिधि, नेपाल रेडक्रश शोसाईटी, नेपाल स्काउट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्