मुख्य समाचारसमाचार

शैलुङको कालापानीमा इभि दुर्घटना, एकको मृत्यु १४ घाईते

दोलखा/दोलखाको शैलुङ क्षेत्र भ्रमणगरी फर्कदै गरेको यात्रु बोकेको अरनिको यातायात समितिको बागमति प्रदेश ०१– ००२ ज ६२०८ नम्बको इभि भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

शैलुङ भ्रमण गरी चरिकोट फर्कने क्रममा दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ कालापानी बुद्धपार्क (धावा वाङ्गेल पार्क) मा शुक्रवार ४ः३० बजे भएको दुर्घटनामा परी गोरखा घर भै काठमाडौँको चन्द्रगिरी बस्दै आउनु भएको ६० बर्षिय एकुमाया अर्यालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा इभि चालक दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– १ का ४५ बर्षिय गोकुल कार्की, मृतक महिलाको छोरा ३२ बर्षिय सञ्जीव अर्याल लगायत १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

इभिमा आठ महिला सहित १६ जना रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते केहीलाई सदावहार अस्पताल खाडिचौर पठाईएको र केही घाईतेको शैलुङ गाँउपालिकाकै बाघखोर अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार