दोलखा/तिहार तथा छठ पर्वमा हुनसक्ने संभावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै दोलखा जिल्लामा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको समेत सहभागितामा संयुक्त गस्ति (पेट्रोलिङ) सुरु गरिएको नेपाली सेनाको गरुड दल गण दोलखाले जनाएको छ ।
चाँडपर्वको समयमा कुनैपनि प्रकारको अराजकता तथा असुरक्षा नहोस र आम नागरिकले शान्तिपूर्ण ढङ्गले तिहार, छठ जस्ता सांस्कृतिक पर्वहरु मनाउन सकुन भन्ने उदेश्यले दोलखा सदरमुकाम चरिकोट लगायतका ठाँउमा संयुक्त गस्ति सुरु गरिएको नेपाली सेनाको गरुड दल गण दोलखाका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।
नेपाली सेनाको गरुड दल गणको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहभागितामा दोलखा सदरमुकाम चरिकोट, दोलखा बजार तथा माथिल्लो तामाकोशी जल विद्युत आयोजना स्थल लामाबगरमा संयुक्त गस्ति (पेट्रोलिङ) सुरु गरिएको गरुड दल गणका गणपति कर्णेल कटुवालले बताउनु भयो ।

नेपाली सेनाको गरुड दल गणले संयुक्त गस्ति (पेट्रोलिङ) को नेतृत्वको अलवा दोलखाको कालिञ्चोक, भीमेश्वर, महाङ्काल भगवती लगायतका धार्मिक एवम् सांस्कृतिक सम्पदा स्थल र मुख्य– मुख्य बजार क्षेत्रमा सरसफाई, स्वास्थ्य शिविर लगायतका काम समेत गर्दै आएको गणपति कटुवालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्