काठमाडौँ/पत्रकार प्रकाश तिमल्सिनाले पाँच दिन अघि फेसबुक स्टाटसमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङ र उहाँको धर्मपत्नी सरस्वती राईले बालुवाटारमा सञ्चालन गरेको हिमालयन बायो रेष्ट्रेन्ट बारे भ्रमपुर्ण कुरा उल्लेख गरेकोमा आईतवार त्यसलाई सच्चाएका छन् ।
पत्रकार तिमल्सिनाले आईतवार फेसबुकमा अर्को स्टाटस लेख्दै आफ्नो नेता पार्वत गुरुङसंग आमनेसामने र चिनजान नभएको तर दोलखा जिल्लाकै केही नेता र अन्य व्यक्तिबाट पाएको सुचना प्रस्तुत गरेको भन्दै आफु कसैको पेशा र व्यवसाय माथि मानमर्दन गर्नुहुन्न भन्ने कुरामा सचेत रहेको उल्लेख गरेका छन् ।
उनले एउटा व्यवसायीक संस्थामा सेवा लिन ग्राहकको रुपमा जोकोही पुग्नसक्ने भन्दै अप्रत्यक्ष रुपमा आफुले पाँच दिन अघि लेखेको स्टाटस गलत भएको स्वीकार गरेका छन् ।
पत्रकार प्रकाश तिमल्सिनाले पाँच दिन अघि कपोलकल्पित आरोप सहित स्टाटस लेखेपछि एमाले नेता पार्वत गुरुङले दुई दिन अघि गत शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै कपोल्कल्पित, तथ्यहिन, प्रायोजित र भ्रमपूर्ण कथा तथा फेक भिडियो राखेर आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका थिए । उनले वर्तमान संकटपुर्ण घटनाक्रमको फाईदा लिदै केही मानिसले धमिलो पानीमा माछा पार्ने प्रयत्न गरेकाे आरोप लगाएका थिए ।
दोलखा एमालेले पार्टीको पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङको बारेमा दोलखाकै केही नेता र अन्यव्यक्तिबाट भ्रामक सूचना पाएको पत्रकार प्रकाश तिमल्सिनाले उल्लेख गरेकाले त्यस्ता गलत र भ्रामक सुचना उपलब्ध गराउनेको खोजि गरी आवश्यक कार्वाहि गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्