कला / साहित्यसमाचार

दिनेश भुजेलको ‘दोलखा चरिकोट’

दोलखा/साङ्गीतिक क्षेत्रमा सक्रिय लोकप्रिय दोलखाली गायक दिनेश भुजेलको नयाँ गीत दोलखा चरिकोट सार्वजनिक भएको छ ।

दिनेश भुजेलको शब्द, स्वर तथा सङ्गीत रहेको दोलखा चरिकोटको गायनमा अर्को लोकप्रिय दोलखाली गायक उषा गजुरेलको समेत साथ रहेको छ ।

गायक दिनेश भुजेल दोलखाको मेलुङ गाँउपालिकाका स्थायी वासिन्दा हुन भने गायिका उषा गजुले दोलखाकै बैतेश्वर गाँउपालिकाकी स्थायी वासिन्दा हुन् । गायक भुजेलले सिन्धुपाल्चोकको खाडिचौरबाट दोलखा सदरमुकाम चरिकोट हुदै जिरीसम्म जोडिएको अरनिको रोड र दोलखा सदरमुकाम चरिकोटलाई गीतको मुख्य मुखडा बनाएर प्रस्तुत गरेका छन् ।

रामकृष्ण थापाको सङ्गीत संयोजन, संजिव ठकुरीको नृत्य निर्देशन, सन्तोष तिमिल्सिनाको भिडियोग्राफी र कल्पेश विश्वकर्माको निर्देशन रहेको गीतमा संजिव ठकुरी र निहारिका थापाको अभिनय रहेको छ ।

भीमेश्वर डिजिटलको प्रस्तुति रहेको गीत दोलखा चरिकोट आसिश कुमार कटुवालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा दोलखा चरिकोटको पर्यटकीय स्थल, पर्यटन विकासको सम्भावना, दोलखाको संस्कृति लगायत प्रस्तुत गरिएको लेखक तथा गायक दिनेश भुजेलले बताए ।

गायक भुजेलको यस अघि छुकछुके रेल, दन्ते लहर, बचाउँ है हाम्रो माटोलाई, ए है रेशम, ए नक्कली, फुलेपछि झर्नैपर्छ जस्ता लोकप्रिय गीत बजारमा आईसकेका छन् ।

सम्बन्धित समाचार