काठमाण्डौं / शैक्षिक परामर्शका क्षेत्रमा भरपर्दाे कन्सल्टेन्सी ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा सुरु गरेको ‘एडमिशन विक’ को शुभारम्भ गरिएको छ ।
शिक्षाविद एवं प्याव्सनका निवर्तमान अध्यक्ष डिके ढुङ्गाना, नीति प्रतिष्ठानका पूर्व अध्यक्ष डा. विष्णुराज उप्रेति र इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङले दशवटा पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभयो ।
शुभारम्भका अवसरमा ढुङ्गानाले विद्यार्थीहरु नेपालबाट विदेशीभूमिमा पढ्न गएजस्तै अब नेपालका शैक्षिक संस्थामा पनि यसैगरि विदेशी विद्यार्थीलाई पढ्न ल्याउने वातावरण बनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा डा. विष्णुराज उप्रेतिले ग्लोबल कन्सल्टले अथेन्टिक कन्सल्टेन्सीका रुपमा आफूलाई परिचित गराएकोमा खुसी व्यक्त गर्नुभयो ।
यही भदौ १६ गतेदेखि २० गतेसम्म संचालन हुन गैरहेको ‘एडमिशन विक’को पहिलो दिन विद्यार्थीहरुले विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग भेटेर परामर्श लिएका थिए ।
कार्यक्रममा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ ।
‘एडमिशन विक’ का अवसरमा भिसा , डकुमेन्ट र बैंकिङ प्रोसेसको विषयमा परामर्श लिन सकिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार आफ्ना नानीबाबुलाई विदेशका विश्वविद्यालयमा पढाउन चाहानेले एक पटक विज्ञसंग परामर्श लिनैपर्ने हुन्छ । सबै क्षेत्रका विज्ञहरुलाई एउटै थलोमा भेट्न पाइने भएकाले यो एडमिशन साता विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण हुनेछ ।
ग्लोबल कन्सल्टले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा विभिन्न स्कलरसिप, आफ्नो सर्विसमा पचास प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्