दोलखा/दोलखा प्रदेश ख मा नेकपा एमालेको तर्फबाट निर्वाचित बागमति प्रदेश सांसद भरत बहादुर केसी बागमति प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
बागमति प्रदेशको मुख्यमन्त्रीमा नियुक्त इन्द्र बाँनियाले नेकपा एमाले बागमति प्रदेश संसदीय दलको सिफारीसमा प्रदेश सांसद केसीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् । केसी सहित बागमति प्रदेश सरकारका नवनियुक्त आठ मन्त्रीले मंगलवार मुख्यमन्त्री बाँनियाको उपस्थितिमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त आठ मन्त्रीमा नेकपा एमालेबाट केसी सहित कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग बाणिज्य भूमी तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् भने नेपाली कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तमाङ र विना विभागीय मन्त्री शिवराज अधिकारी रहेका छन् ।
प्रदेश वन तथा वातावरण मन्त्रीमा नियुक्त एमाले नेता भरत बहादुर केसी २०७४ सालमा दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । केसी त्यस अघि २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत रहेका थिए । हकी, निडर र आँटिला केसीले नगरप्रमुख हुदा धेरै राम्रा काम गरेको नगरका स्थानीय बताउछन् । केसीको कार्यकालमा दोलखामा वन तथा वातावरण क्षेत्रमा धेरै काम हुने स्थानीयको अपेक्षा रहेको छ ।
२०३६÷०३७ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय केसी २०३९ देखी २०४५ सम्म नेपाल ल क्याम्पसमा अनेरास्ववियुको प्रारम्भीक कमिटीमा आवद्ध थिए । नेकपा एमालेको जिल्ला कमिटी हुदै हाल नेकपा एमाले बागमति प्रदेश कमिटीको सचिवालय सदस्य रहेका केसीले पार्टीको जनसांस्कृतिक राष्ट्रिय महासंघ र खेलकुद महासंघको केन्द्रीय जिम्मेवारीमा रहेर समेत काम गरेका छन् ।
दोलखा जिल्लाबाट यस अघि बागमति प्रदेश सरकारमा नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, नेकपा माआेवादी केन्द्रबाट विशाल खड्का र एमालेबाट रचना खड्का तथा सरस्वती वस्नेतले प्रतिनिधित्व गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्