दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ हुरहुरे भन्ने ठाँउमा सानीमा हाईड्रो पावर कम्पनीको बाटो सर्बे गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
ढुङ्गा सहितको पहिरोले लागेर गम्भीर घाईते भएका सानीमा हाईड्रो पावर कम्पनीमा कार्यरत सव– इन्जिनियर नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर– ४ का २९ बर्षिय सुनिल न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनु भयो ।
बुधवार २ः३० बजे हुरहुरेमा ढुङ्गा सहितको पहिरो खस्दा बाटो सर्बेका लागि पुगेका सानीमा हाईड्रो पावर कम्पनीका सब इन्जिनियर न्यौपाने, रामेछापको लिखुतामाकोशी गाँउपालिका वडा नम्बर– ४ का २९ बर्षिय विशाल बुढाथोकी र सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर– १ भोटेचौरका २७ बर्षिय सन्दिप चौलागाई घाईते भएका थिए ।
घट्ना लगतै इलाका प्रहरी कार्यालय लामाबगरबाट पुगेको प्रहरी टोलिले तीनै जनालाई उद्दार गरेको र गम्भीर घाईते न्यौपानेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक महतोले बताउनु भयो । दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्