धर्म/संस्कृतिसमाचार

नाम्दुमा अनन्त जगनाथेश्वर मन्दिर निर्माण

दोलखा/दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर– ६ नाम्दुमा अनन्त जगनाथेश्वर मन्दिर निर्माण भएको छ । डि. जगन्नाथ स्मृति प्रतिष्ठानले निर्माण गरेको मन्दिरमा भारतको नर्मदा नदिबाट ल्याईएको सिलाबाट बनेको शिवलिङ राखिएको प्रतिष्ठानका कोषाध्यक्ष एवम् उप्रेती सेवा समाज दोलखाका अध्यक्ष राजेश उप्रेतीले बताउनु भयो ।

मन्दिरको अनावरण बैतेश्वर गाँउपालिकाको उपप्रमुख कल्पना उप्रेतीले गर्नु भएको थियो । सो अवसरमा उपप्रमुख उप्रेतीले धार्मिक एवम् सांस्कृतिक महत्व रहेको दोलखाको बिभिन्न ठाँउमा पुरातात्विक मठ– मन्दिर रहेको उल्लेख गर्नुहुदै नर्मदा नदिबाट ल्याईएको सिलाबाट बनेको अनन्त जगनाथेश्वर मन्दिरको महत्व उच्च रहेको बताउनु भयो ।

अनन्त जगनाथेश्वर मन्दिरमा दैनिक पुजा– आराधनाको लागि एकजना पुजारीको व्यवस्था गरिएको र मन्दिरमा उल्लेख्यमात्रामा भक्तजनहरु पुग्ने गर्नुभएको समाजका अध्यक्ष राजेश उप्रेतीले बताउनु भयो ।

सम्बन्धित समाचार