दाेलखा/दाेलखाकाे गाैरीशङ्कर गाँउपालिका वडा नम्बर- ४ झ्याकुकाे बासामा शुक्रबार बेलुका बाेलेराे जीप दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दाेलखाकाे सिंगटीबाट झ्याकु देपुङ जाँदैगरेकाे बा १६ च ७६५१ नम्बरकाे बाेलेराे जीप दुर्घटनामा परी गाैरीशङ्कर गाँउपालिका वडा नम्बर- ४ झ्याकु देपुङका स्थानीय ४५ बर्षिय फुलमाया शेर्पा र ३४ बर्षिय डाेल्मा शेर्पाकाे मृत्यु भएकाे दाेलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताेले बताउनु भयाे ।
उकाेलाे कच्ची सडकमा ब्रेक नलाग्दा बाेलेराे जीप दुर्घटना भएकाे देखिएकाे प्रहरीकाे भनाई छ । बाेलेराे चालक देपुङका स्थानीय निमाटिकु शेर्पा फरार रहेकाे र उनकाे खाेजी भै रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्