समाचार

फेकोफनको स्थापना दिवसमा अन्तरक्रिया

दोलखा/सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफन) को ३० औ स्थापना दिवसको अवसरमा दोलखाको मेलुङ गाँउपालिकामा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा मेलुङ गाँउपालिकाको उपाध्यक्ष गायत्री आचार्यले सामुदायीक वन अभियान र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
सो अवसरमा स्थानीय सरकार र सामुदायिक वनको सम्वन्धको विषयमा दोलखा फेकोफनका अध्यक्ष जगन्नाथ बस्नेत, सामुदायिक वन मार्गदर्शनका वारेमा सवडिभिजन वन कार्यालयका प्रमुख अमित चौधरी र सामुदायिक वनमा उद्यम विकास संभावना र चुनौतीका वारेमा भोला खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मेलुङ्ग गाउँपालिका भित्रका सामुदायिक वनका अध्यक्ष, सवडिभिजन वन कार्यालयका कर्मचारी, फेकोफनका पदाधिकारी, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा फेकोफन दोलखाका पूर्व अध्यक्ष हरिहर न्यौपाने, मेलुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष इश्वर कोइराला, फेकोफन दोलखाका सचिव सविना आचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार