दोलखा/नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने गरेको बताउनु भएको छ । उहाँले राजनीतिक दल र नेताहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुने भएकोले प्रतिस्प्रर्धा पनि जनताकै लागि हुने गरेको बताउनु भयो ।
दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु भएको बागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन गर्नुहुदै नेता सिटौलाले दलका नेताहरु, जनप्रतिनिधिहरुले जनता प्रति सर्मपित भएर जति काम गर्न सक्यो त्यतिनै जनता अघि बढ्न सक्ने बताउनु भयो ।
नेता सिटौलाले देशको अर्थतन्त्र चाहेजस्तो बलियो हुन नसकेको भएपनि यहि अर्थतन्त्रको माध्यमबाट धेरै काम गर्न सकिएको बताउनु भयो ।
नेपालले खेलकुद जगतमा राष्ट्रिय– अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्दै गएको उल्लेख गर्नुहुदै संघिय सरकारले पनि खेलकुदको बजेटलाई डबल गरेको बताउनु भयो ।
कार्यक्रममा मन्तवय व्यक्त गर्नुहुदै बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउने उल्ले गर्नुहुदै आर्थिक बर्ष ०८२÷०८३ मा खेलकुदको बजेटलाई डबल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण मर्हजनको सभापतित्वमा सम्पन्न प्रतियोगीता उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता जीपछिरीङ लामा, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने बागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी ६ वटा विधामा खेलहरु हुने प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिनु भयो । प्रतियोगीतामा बागमति प्रदेश भित्रका १३ जिल्लाको एक सय १३ जना खेलाडिहरुको सहभागिता रहेको छ ।
पार्टी कार्यालय भवनको सिलान्यास
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शनिवारनै नेपाली कांग्रेस दोलखाका पार्टी कार्यालय भवनको सिलान्यास गर्नु भएको छ । नेता सिटौलाले भीमेश्वर नगरपालिका वडा नम्बर– ६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी भवनको सिलान्यास गर्नु भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताउनु भयो ।
कार्यक्रममा कांग्रेस नेता जीपछिरङि लामा, बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, दोलखाका पूर्व सभापति ताराबहादुर कोईराला, रुद्र बहादुर खड्का, नगरप्रमुख इश्वर नारायण मानन्धर, जिल्ला नेता छवि लामा, अर्जुन शिवाकोटी, तारा खड्का लगायतको सहभागिता रहेको थियो ।
खेलकुदको बजेट डबल गर्नु सकारात्मक– कांग्रेस नेता सिटौला

प्रतिक्रिया दिनुहोस्