दोलखा/नेपाल बुद्धिजिवि परिषद् दोलखाले शनिवार ३२ औं मदन– आश्रीत स्मृति दिवसको अवसरमा बदलिदो राजनीतिक परिवेश र नेपाली समाजवाद विषयक विचार गोष्ठि आयोजना गरेको छ ।
सो अवसरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङले तत्कालिन महासचिव मदन भण्डारीले प्रतिपादन गर्नु भएको सिद्धान्त जनताको बहुदलिय जनवाद (जवज) नै मुलुक विकासको प्रमुख मार्गदर्शन रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले प्रत्येक पार्टी कार्यकर्ता जवजको सैद्धान्तिक कार्यदिशाबाट निर्देशीत हुनुपर्ने बताउनु भयो ।

नेपाल बुद्धिजिवि परिषद् दोलखाका अध्यक्ष सुब शेर्पाको सभापतित्वमा सम्पन्न विचार गोष्ठि कार्यक्रममा माक्र्सवाद, लेनिनवाद तथा जवज अध्ययन केन्द्रका सचिव शान्त केसीले बदलिदो राजनीतिक परिवेश र जवजको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य हरिबंश चौलागाई लगायतले मन्तवय व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्