कला / साहित्यसमाचार

उज्यालो भविष्यबाट पत्रकार– साहित्यकार सम्मानित

काठमाडौँ/उज्यालो भविष्य दोलखाको दशौ बार्षिक उत्सव तथा पाँचौ अधिवेशन बिभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान गर्दै काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा कवि एवम् निवन्धकार श्रीबाबु कार्कीलाई राष्ट्रिय साहित्य सम्मान– २०८२, विश्व साईकल यात्री पुष्कर शाहलाई अन्तराष्ट्रिय साहसिक सम्मान– २०८२ र लेखक एवम् पत्रकार रोहित भण्डारीलाई राष्ट्रिय पत्रकारिता तथा प्रेरणादायी लेखन पुरस्कार– २०८२ प्रदान गरिएको थियो ।


त्यसैगरी विनयजंग वस्नेतलाई राष्ट्रिय मानव सेवा सम्मान– २०८२, वडा अध्यक्ष मेम बहादुर तमाङलाई उत्कृष्ट जनप्रतिनिधि सम्मान– २०८२, राम वस्नेतलाई राष्ट्रिय युवा बर्ष सम्मान– २०८२, ध्रुब बहादुर खड्कालाई राष्ट्रिय शिक्षा सम्मान– २०८२, भरत बहादुर पाण्डेलाई राष्ट्रिय सामाजिक सेवा सम्मान– २०८२, दिलिप वस्न्यातलाई राष्ट्रसेवक सम्मान– २०८२, जगत बहादुर श्रेष्ठलाई राष्ट्रिय कृषि विशेषज्ञ सम्मान– २०८२ र ह्रयुमन रेस्पेक्ट नेपाल (अध्यक्ष माया थामी) लाई राष्ट्रिय मानवता सम्मान– २०८२ प्रदान गरिएको थियो ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मुलुकको स्वास्थ्य, शिक्षा, पर्यटन विकास लगायतका गतिविधिमा सामाजिक संघ– संस्थाको सकारात्मक भूमिकाले राज्यलाई सहयोग पुग्ने बताउनु भयो ।
उज्यालो भविष्य दोलखाका अध्यक्ष राजन वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली काङ्ग्रेस दाेलखाका पूर्व सभापति रुद्र बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार