दोलखा/क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय सञ्चालन गरेको छ । जनसम्बन्ध विस्तार अभियानको क्रममा दोलखा आउनु भएका पार्टीको स्थाई कमिटी सदस्य नारायण शर्माले कार्यालय उद्घाटन गर्नु भएको दोलखा सेक्रेटरी गोविन्द काफ्लेले बताउनु भयो ।
कार्यालय उद्घाटन पछि आयोजित पत्रकार सम्मेलनमा पार्टीको स्थाई कमिटी सदस्य शर्माले गणतन्त्रको विकल्प पुनः राजतन्त्र हुन नसक्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प जनवादी गणतन्त्र हुनसक्ने भएकोले आफुहरु त्यहि अभियानमा सक्रिय रहेको बताउनु भयो ।
जनताको अधिकारको लागि जनवादी गणतन्त्र स्थापना गर्न आफुहरु अहिले जनसम्बन्ध विस्तार अभियानमा देशभर सक्रिय रहेको पार्टीको स्थाई कमिटी सदस्य शर्माको भनाई छ ।
पार्टीले २०८१ चैत्र ४ गतेबाट सुरु गरेको जनसम्बन्ध विस्तार अभियान २०८२ बैशाख १८ गतेसम्म सञ्चालन हुने र यो अवधिमा दोलखाको सबै पालिका र वडाहरुमा अभियान सञ्चालन गरीने दोलखा सेक्रेटरी काफ्लेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्