अन्तरास्ट्रियसमाचार

दोलखा समाज जापानको पाँचौ अधिवेशन

टोकियो, जापान / दोलखा समाज जापानको पाँचौ अधिवेशन जापानकाे टाेकियाेमा सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीको प्रमुख अतिथ्यता तथा समाजका अध्यक्ष रोशन थापाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राजदुत सुवेदीले दोलखा समाजले जापानमा गरेको कार्यहरुको खुलेर प्रशंसा गर्नु भएको थियो । दुतावासले नेपाली समुदयका लागि अहोरात्र खटेर काम गरिरहेको पनि उहाँले जानकारी दिनु भयो ।

नेपाली समुदायले विदेशको जुनसुकै ठाँउमा रहे पनि आफ्नो संस्कार- संस्कृती संरक्षणका लागि एकजुट भएर लाग्नु पर्ने पनि उहाँले बताउनु भयो । कार्यक्रमा बोल्दै गैर आवासिय नेपाली संघ एनआरएनए जापानका उपाध्यक्ष सिदार्थ श्रेष्ठले भने दुताबासले प्रवाह गरेको सेवाका विषयमा गुनासो व्यक्त गर्नु भएको थियो ।

अधिवेशनको अवसरमा समाजले जापानमा रहेर विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै जापानमा रहेका दोलखालीहरुलाई सम्मान गरेको थियो । सम्मानि हुनेमा पत्रकार रामचन्द्र गिरी, सामाजिक अभियन्ता दिपेश खरेल, कलाकारहरु माधव खड्का, शर्मिला तामाङ, अन्जान कुमार बस्नेत, भुवन घिमिरे, महेश खड्का र नवराज थापा रहनु भएकाे छ । सोहि अवसरमा समाजको आजिवन सदस्यता लिने सदस्यहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएकाे थियो ।

अधिवेशनले संजिव पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र राउत र उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ तथा अन्जन बस्नेत चयन भएको निर्वाचन कमिटिले जनाएको छ। त्यसैगरि समाजको महासचिवमा अनुप खड्का, सचिवहरुमा तिलराज खतिवडा, सिर्जना थापा, शिव ओली र कोषाध्यक्षमा गोपी कार्की चयन भएका छन् । समाजको सदस्यहरुमा गोपीनी आचार्य, दर्पण खड्का, सुवास पोखरेल, नवराज खड्का, सन्तोष खड्का, दिपेन्द्र कार्की, अर्जुन खड्का, अशोक पोखरेल, सुनिल खड्का र रमेश लामा रहेका छन् । महाधिवेशनमा समाजको प्रगति प्रतिवेदन महासचिव नारायण खड्का, आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष मनोज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार