दोलखा/ दाेलखाकाे बैतेश्वर गाउँपालिकामा मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ ।
स्थानीय न्यायिक समिति बैतेश्वर गाउँपालिकाको आयोजना तथा दीपज्योति समाज सुधार संस्था कालिञ्चोक गाउँपालिकाको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो । चैत्र ३ गतेदेखि सुरु भएको तालिममा न्यायिक समितिका सदस्य तथा पहिलेदेखि मेलमिलाप कार्यमा संलग्न रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि लामाले मन्तव्य राख्नुहुँदै मेलमिलापको मर्म अनुरुप मेलमिलापकर्ताले निष्पक्ष रुपमा विवाद समाधानमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कल्पना उप्रेतीले मेलमिलापकर्ताहरुलाई सक्रिय भएर न्यायिक समितिलाई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले मेलमिलापकर्ताहरुलाई प्रोत्साहन गर्ने खालका नीति कार्यक्रम ल्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौलागाँई, तालिमका प्रमुख प्रशिक्षक तारा बहादुर महत, प्रशिक्षक इश्वरी प्रसाद दाहाल, मेलमिलापकर्ताहरु शेर बहादुर खड्का, सीता सुनेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको छ ।
यसअघि तालिम लिई गाउँपालिकामा सूचिकृत भएका मेलमिलापकर्ताहरुका लागि चैत्र ८ गतेदेखि १० गतेसम्म पुनर्ताजगी तालिम सञ्चालन भएको छ ।
प्रतिक्रिया दिनुहोस्