बागमतीमुख्य समाचारराजनिति

२०८४ को निर्वाचन एक्लै लड्ने माओवादीको घोषणा

जिरी, दोलखा/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कसैसंग गठबन्धन नगर्ने घोषणा गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्नुहुदै अध्यक्ष दहालले नेकपा माओवादी केन्द्र कांग्रेस– एमाले फकाउन तिर लाग्दा कम्जोर भएको उल्लेख गर्नुहुुदै २०८४ को निर्वाचनमा एक्लै उठेर जित हासिल गर्ने बताउनु भएको हो । हुन त हामी कांग्रेस– एमाले खोज्दै गएका हैनौ उनीहरुनै हामीसंग आएका हुुन् अध्यक्ष दहालले भन्नु भयो– तर हामी उनीहरुलाई फकाउन तिर लाग्दा कम्जोर भयौ ।
अहिले कांग्रेस– एमालेको भण्डाफोर गर्दै जनताको बीचमा जान लागेपछि नेकपा माओवादी केन्द्र उकालो लागेको अध्यक्ष दहालको भनाई छ ।
अध्यक्ष दहालले आफुु तेस्रो पटक प्रधानमन्त्री हुुँदा सुुशासन, भ्रष्टाचारको अन्त्य र आर्थिक विकासको मुद्दालाई प्राथामिकता दिएर अघि बढेको र त्यसैबाट अतालिएकाहरु ले आफ्नो सरकार ढालेको बताउनुु भयो ।
धेरैलाई लागेको छ कांग्रेस– एमालेको धेरै सिट छ, माओवादीको थोरै छ, त्यसैले दुुई पार्टी मिलेपछि माओवादी नेतृत्वको सरकार ढलेको हो अध्यक्ष दहालले भन्नु भयो– तर त्यसो हैन भ्रष्ट, तस्कर, विचौलियाहरुको उक्साहटमा कांग्रेस– एमाले मिलेर आफ्नो सरकार ढालेका हुुन् ।
माओवादी केन्द्रका अध्यक्ष दहालले कांग्रेस– एमालेको चाहना संविधान संशोधन गर्ने नभएको बताउनुु भयो । उनीहरु संविधान संशोधन गर्न नभै संविधान च्यात्न चाहन्छन् अध्यक्ष दहालले भन्नुु भयो– खाली मेरो नेतृत्वको सरकार फाल्ने बहाना केही नभएपछि संविधान संशोधनको प्रस्ताव ल्याएका हुुन् ।


नेकपा माओवादी केन्द्रले संविधान संशोधन मार्फत जनतालाई थप अधिकार सम्पन्न बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुुपातिक निर्वाचन प्रणालि लगायतका विषय राख्न चाहेको अध्यक्ष दहालको भनाई छ ।
नगर अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युुरो सदस्य एवम् संघिय सांसद गंगा कार्की, केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज विशाल खड्का, बागमति प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, केन्द्रीय सदस्य नविन जिरेल, बैकल्पिक केन्द्रीय सदस्य नर बहादुुर पाख्रिन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार