बागमतीमुख्य समाचार

दोलखा प्रहरी प्रमुख खड्काको सम्मान

दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा रहनुु भएका प्रहरी उपरीक्षक (तत्कालिन प्रहरी नायव उपरीक्षक) युवराज खड्कालाई गौरीशङ्कर सामुुदायीक पुस्तकालय, सातदोबाटो– चरिघ्याङ टोल सुधार समिति लगायतका संघ– संंस्थाले सम्मान सहित विदाई गरेको छ ।
सातदोबाटो– चरिघ्याङ टोल सुधार समितिले आयोजना गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले दोलखा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक युवराज खड्काको भूमिका जिल्लाको समग्र विकासमा महत्वपूर्ण रहेको बताउनु भयो ।
दोलखा रहेकै अवस्थामा प्रहरी प्रमुख खड्का प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती हुनुभएको भन्दै नगरप्रमुुख मानन्धरले उहाँलाई बधाई ज्ञापन गर्दै थप प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै प्रहरी उपरीक्षक युवराज खड्काले आफुुले दोलखामा रहेर कानुुनको पालना गर्दै शान्ति सुरक्षा कायम गर्ने तथा नागरिक अधिकार बहालमा सहज गर्ने प्रहरीको जिम्मेवारी पुुरा गरेको उल्लेख गर्नुहुदै त्यसको लागि साथ दिने दोलखाका राजनीतिक दल, पत्रकार, नागरिक समाज र आम नागरिकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
सातदोबाटो– चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव सुजन काफ्ले लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।


पुस्तकालयबाट सम्मान
गौरीशङ्कर सामुदायीक पुस्तकालय लगायतका संघ– संस्थाले आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष एवम् गौरीशङ्कर सामुुदायीक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले जिल्लाको शान्ति– सुरक्षा लगायत समग्र गतिविधिमा प्रहरी उपरीक्षक युवराज खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले सम्मान गरिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष उद्धव पोखरेल, दीपशङ्कर चौलागाई, रेडियो भीमेश्वरको स्टेशन मेनेजर गोकर्ण भण्डारी, अशल शासन समन्वय समितिका अध्यक्ष दिपक वस्नेत, नेकपा एमालेका उपसचिव हरि ओली, नेपाल दरुण दलका केन्द्रीय सदस्य भीम खड्का, पुस्तकालयका उपाध्यक्ष जेष्ठ नागरिक रामदास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार