अर्थ र ब्यापारमुख्य समाचार

तामाकोशी जलविद्युत केन्द्र आंशिक सञ्चालन

दोलखा/गत असोज ११ र १२ गतेको अविरल बर्षा पछि आएको बाढी– पहिरोले क्षतिग्रस्त बनाई पूर्ण रुपमा बन्द रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा मंगलबारबाट १२० मेगावाट विद्युुत उत्पादन सुुरु भएको आयोजना प्रमुख मोहन गौतमले बताए ।
मंगलवार बेलुुका ७ः४० बाट १२० मेगावाट विद्युत उत्पादन सुुरु भएको आयोजना प्रमुख गौतमले बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङ लगायतले आयोजनाको स्थलगत निरिक्षण गर्दै पुुष १० गतेबाट विद्युत उत्पादनको कार्यतालिका बनाएका थिए ।
गत असोज ११ र १२ गतेको अविरल बर्षा पछिको बाढी– पहिरोले केन्द्रको हेडवर्क कन्ट्रोल भवन पूर्ण रुपमा क्षति भएको थियो भने बालुवा थिग्राउने पोखरी र पानी बग्ने नहरको करिब २५ प्रतिशत भाग पूर्ण रुपमा क्षति भएको थियो । बाढी– पहिरोमा परी नेपाली सेनाका दुुई जवान र केन्द्रका दुुई कर्मचारीको ज्यान समेत गएको थियो ।
बाढी– पहिरोले क्षति गरेको स्थानमा जम्मा भएको ढुुङ्गा र फोहरहरु सफा गरी हाललाई विद्युत केन्द्रमा रहेको दुुई वटा बालुवा थिग्राउने पोखरी मध्ये आंशिकरुपमा क्षति भएको देब्रे पट्टीको बालुवा थिग्राउने पोखरी तथा पानी बग्ने नहरको सिभिल मर्मत गरी मंगलवार बेलुकाबाट रन अफ द रिभर मोडलमा विद्युुत केन्द्रलाई आशंक रुपमा सञ्चालन गरी १२० मेगावाट विद्युत उत्पादन सुुरु गरिएको केन्द्रको प्रमुुख प्रबन्धक पूर्ण गोपाल रञ्जीतले बताए ।
विद्युत केन्द्र आशंक सञ्चालन भएपछि तामाकोशी नदिमा पानीको वहावको अवस्था हेरेर हाललाई १०० मेगावाट देखी १२० मेगावाटसम्म विद्युत उत्पादन हुने प्रमुख प्रबन्धक रञ्जीतको भनाई छ । विद्युत उत्पादनकै लागि आयोजना प्रमुख मोहन गौतम लगायत आफुुहरु रात– दिन काममा लागेको रञ्जीतले बताए ।


बाढी– पहिरोबाट केन्द्रको हेडवर्क कन्ट्रोल भवनमा रहेको सम्पूर्ण विद्युतिय उपकरणहरु पूर्ण रुपमा क्षति भएको, मेकानिकल उपकरणहरुमा गेट तथा हाईड्रोलिक सिस्टममा क्षति पुुगेको, केन्द्रमा पुुग्ने गोगर– लामाबगर सडक खण्डको ५० मीटर सडक पूर्ण रुपमा क्षति भएको, केन्द्रबाट उत्पादीत विद्युत केन्द्रीय प्रशारण लाईनमा जोड्ने गोगर– खिम्ती २२० के.भी. प्रशारणलाईनको सिंगटी स्थित चप्लेटीमा रहेको ४६ नम्बरको टावरमा समेत क्षति भएको थियो ।
बाढी– पहिरोका कारण उत्पादन पूर्ण रुपमा बन्द भएपछि असोजमा ८५ करोड छ लाख ४७ हजार नौ सय ३० रुपैया, कार्तिकमा करिब ७० करोड, मंसिरमा करिब ६५ करोड र पुुषमा (आशंकी विद्युत उत्पादन अघिसम्म) करिब ५० करोड नोक्सान भएको प्रमुुख प्रबन्धक पूर्ण गोपाल रञ्जीतले बताउनुु भयो ।
क्षति भएको केन्द्रको हेडवर्क कन्ट्रोल भवन तथा बालुवा थिग्राउने पोखरीलाई पूर्ननिर्माण गरी विद्युत केन्द्रलाई पूर्ण क्षमतामा (२०८१ असोज ११ र १२ गते भन्दा अगाडीकै अवस्थामा) सञ्चालन गर्न अझै १८÷२० महिना लाग्ने रञ्जीतले बताउनुु भयो । माघ महिनाबाट भने दैनिक चार घण्टा भने ४५६ मेगावाटनै विद्युत उत्पादन हुुनसक्ने केन्द्रले जनाएको छ ।
केन्द्रले बाढी– पहिरोबाट भएको क्षतिको लागि राष्ट्रिय विमा कम्पनि लिमिटेडलाई एक अरब ७९ करोड छ लाख ९६ हजार सात सय ८५ रुपैया विमादावी पेश गरेको तर यसमा पुुर्नमूूल्याङ्कण पछि थपघट हुुनसक्ने केन्द्रको प्रमुुख प्रबन्धक रञ्जीतले बताउनुु भयो ।

सम्बन्धित समाचार