दोलखा/सुुन्तलाको गाँउ पवटीमा अहिले थोक बिक्रेताहरु धमाधम सुुन्तला सङ्कलनमा जुुटेका छन् । सुुन्तलाको बोटमा फूूल खेल्न थालेदेखि पुरै बगैचा किन्ने थोक बिक्रेताहरु सुुन्तला टिप्ने सिजन भएपछि सङ्कलनमा जुटेका हुुन् ।
दोलखाको मेलुुङ गाँउपालिका वडा नम्बर– १ मा पर्ने पवटीको अमले, रुखेनी, ढकाल गाँउ, काब्रे, च्याने, आचार्य टोल र कालिमाटीमा जिल्ला भरीमै सबैभन्दा स्वादीलो र धेरै सुन्तला उत्पादन हुुने गरेको छ । गत बर्ष पवटीबाट करिब १२ करोडको सुन्तला निर्यात भएको मेलुुङ गाँउपालिका वडा नम्बर– १ पवटीका वडा सदस्य कमल बहादुुर बुढाथोकी बताउछन् ।
सुुन्तलाको थोक व्यवसाय गर्दै आएका वडा सदस्य कमल बहादुुर बुुढाथोकी यो बर्ष पवटीबाट १२ करोड भन्दा बढीको सुुन्तला निर्यात हुुने बताउछन् । यो बर्ष सुन्तला उत्पादन केही घटेको छ, तर मूल्य बढेकोले सुुन्तला निर्यातबाट पवटीका किसानहरुले गत बर्षको भन्दा बढी आम्दानि गर्नसक्नेछन्– बुुढाथोकीले भने ।
पवटीका अधिकांश किसानहरुले अहिले सुन्तला बिक्रि गर्दै आएका छन् । एक जना किसानले सुुन्तला बिक्रिबाट कम्तिमा ३० हजार देखि सात लाखसम्म आम्दानि गर्दै आएको वडा सदस्य एवम् सुन्तलाका थोक बिक्रेता बढाथोकी बताउछन् ।
केही बर्ष देखि सुन्तलाको व्यवसायीक खेती सुुरु गरेको ठूली तमाङले यो बर्ष आफ्नो बगैचाको सुन्तला दुुई लाख ५० हजारमा बिक्रि गरेकी छन् । गतबर्ष करिब दुुई लाखमा सुुन्तला बिक्रि गरेकोमा यो बर्ष ५० हजार बढीमा बिक्रि भएको ठूली तमाङले बताईन ।
ढकाल गाँउका स्थानीय किसान बिवराम ढकाल आफुले सुुन्तलाको व्यवसायीक खेतीको लागि एक सय ४० बोट नयाँ विरुवा लगाएको बताउछन् । पुरानो ७०÷८० बोटमा फल्ने सुुन्तला आफुले खाने, आफन्त र पाहुनालाई दिने गरेर बचेको २५÷३० हजारसम्ममा बिक्रि गरेको ढकालको भनाई छ ।
पवटीको बिभिन्न बगैचामा पुुगेर सुन्तला सङ्कलन गरिरहेका थोक बिक्रेता जीत बहादुुर राउत यो बर्ष पवटीबाट आफुले झण्डै ३० लाखको सुुन्तला खरीद गरेको बताउछन् । रातोमाटो भएको र अधिकांश ठाँउ पारीलो रहेकोले दोलखा जिल्लामै पवटीको सुुन्तला सबैभन्दा स्वादीलो हुने थोक बिक्रेता जीत बहादुुर राउत बताउछन् । पवटीको सुन्तला दोलखाको बिभिन्न बजार बाहेक काठमाडौँ, सिन्धुली र भारतमा समेत निर्यात हुुने गरेको थोक बिक्रेता राउतको भनाई छ ।
पवटीको सुन्तलालाई प्रवद्धन गर्दै उत्पादन बृद्धिको लागि मेलुुङ गाँउपालिकाले विरुवा खरीद, उपचार, प्रबिधि र प्राविधिक सहयोग गर्दै आएको पालिका प्रमुख हिरा कुुमार थोकर बताउछन् । किसानहरुकै सल्लाहमा पवटीको सुन्तला प्रवद्धन र उत्पादन बृद्धिमा के गर्न सकिन्छ पालिकाले निरन्तर सहयोग गर्ने प्रमुख थोकर बताउछन् ।
पालिकाले गत बर्ष सुन्तला लगायत अमिलो जातिको फलफुलमा लाग्ने औसा रोग नियन्त्रणको लागि बागमति प्रदेश अन्र्तगत बालि संरक्षण प्रयोगशालासंग समन्वय गरी किट्नासक औषधि र स्प्रे मेशिन उपलब्ध गराएको पालिकाको कृषि शाखा प्रमुख बिष्णुु जिरेलले बताए ।
यो बर्ष संघिय सरकारबाट सुुन्तला पकेट विकास कार्यक्रम अन्र्तगत १२ लाख प्राप्त भएको र पालिकाले पाँच लाख छुुट्टाएकोले उक्त रकम वडा नम्बर– १ संग समन्वय गरी पवटीका सुन्तला उत्पादक किसानसंगको समन्वयमा सुुन्तला प्रवद्धनकै लागि खर्च गरीने कृषि शाखा प्रमुख जिरेल बताउछन् ।
सामुदायीक विकास मञ्च (सिडिएफ) नेपालले हेर्पडको सहकार्यमा पवटीको सुन्तला खेती प्रर्वद्धनको लागि आर्थिक बर्ष २०८०÷०८१ मा १२ हजार दुुई सय ६५ वटा सुुन्तलाको विरुवा निशुुल्क रुपमा वितरण गरेको परियोजना संयोजक फणिन्द्र चौलागाईले बताए ।
प्रतिक्रिया दिनुहोस्