बागमतीसमाचारसुचना

पत्रकार महासंघ दोलखामा प्रभु जिरेल

दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाको १२ औ अधिवेशनले प्रभुु जिरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नविन खतिवडा, महिला उपाध्यक्षमा विनिता भण्डारी, सचिवमा सुजन काफ्ले, कोषाध्यक्षमा सिर्जना गोले, खुला सहसचिवमा सुवास वस्नेत र समावेशी सहसचिवमा गोविन्द थामी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा बुना घिमिरे (महिला), प्रमिला नेपाली (दलित), भवानी खड्का गौतम (समावेशी), लाक्पाली शेर्पा (जनजाति), लक्ष्मी वस्नेत, ताराबहादुुर महत, रविता महत र बाबुुराम थापा चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय परिषद सदस्यमा शिवकुुमार भुजेल, सर्मिला बुुढाथोकी र लालकुुमार मोक्तान तथा प्रदेश परिषद सदस्यमा सुुजता वस्नेत, अर्जुुन दहाल, उषा तमाङ र प्रल्हाद आचार्य चयन भएका छन् ।
पत्रकारसंग सम्बन्धित जिल्लामा सक्रिय चार संगठन बीच सहमति भएपछि नेपाल पत्रकार महासंघ दोलखा शाखामा सर्वसम्मत नेतृत्व चयन भएको हो । सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मुुख्य निर्वाचन अधिकृत बाबुुराम शर्माले सपथग्रहण गराउदै प्रमाणपत्र वितरण गर्नुु भएको थियो ।
सपथग्रहण कार्यक्रम लगतै पूर्व अध्यक्ष दीपशङ्कर चौलागाईले नवनिर्वाचित अध्यक्ष प्रभु जिरेललाई महासंघको माईन्युुट तथा भवनको चाँबी हस्तान्तरण गर्नु भएको थियो ।


त्यस अघि नेपाल पत्रकार महासंघको ११ बार्षिक साधारण सभामा महासंघले स्थापना गरेको बिभिन्न पुुरस्कारबाट जिल्लामा कृयाशिल पत्रकारहरुलाई पुुरस्कृत गरिएको थियो । महासंघका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न बार्षिक साधारणसभामा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, दिलबहादुुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुु भएको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य श्यामप्रसाद खतिवडा नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिको सचिव र राजन थामी अल्पसङ्ख्यक तर्फको सदस्यमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार