अन्तरास्ट्रियधर्म/संस्कृतिमुख्य समाचार

अमेरीकामा पशुपति र बौद्ध स्तूपा निर्माण अभियान

काठमाडौँ/लामो समयदेखी अमेरीकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरुले अमेरीकाको उत्तरी क्यारोलिनामा पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा निर्माण गर्ने अभियान सुुरु गरेका छन् ।
अमेरीका पशुपति मन्दिर परियोजना अन्र्तगत निर्माण हुुन लागेको पशुपति नाथको मन्दिर र बौद्ध स्तूपाको लागि अमेरीकाको उत्तरी क्यारोलिनामा तीन सय चार रोपनी जग्गाको सम्झौता भै सकेको मन्दिर निर्माणका अभियानता सुुजन न्यौपानेले बताए ।
मन्दिर निर्माणको लागि ५० मिलियन अमेरीकी डलर लागतको परियोजना तयार गरिएको पनि अभियन्ता न्यौपानेले बताए । अमेरीकाको बिभिन्न राज्यमा हिन्दूू तथा बौद्ध धर्माम्बलम्बिहरु प्रसस्तै रहेकोले परियोजनाको उदेश्य काठमाडौँको पशुपति नाथको मन्दिर र बौद्ध स्तूपा जस्तै वास्तविक मन्दिर र स्तूपा निर्माण गर्नु रहेको अभियन्ता न्यौपानेको भनाई छ ।
अमेरीकामा सुुरु गरिएको यो अभियानको लागि अमेरीकामा रहेका नेपाली समुुदायसंगै नेपालमा रहेका हिन्दू र बौद्ध धर्ममा आस्था राख्ने तमाम समुुदायको सुुझाब तथा सहयोग आवश्यक रहेको अभियन्ताहरु को भनाई छ ।
अमेरीकामा निर्माण हुुने पशुुपतिनाथको मन्दिर र बौद्ध स्तूपाले तमाम नेपालीहरुलाई गौरवान्तित बनाउने भएकोले परियोजना निर्धारीत समयमै सम्पन्न गरी हिन्दू र बौद्ध धर्माम्बलम्बिहरुको पवित्र धार्मिक स्थल बनाउने अभियानमा सबै नेपाली जोडिन आवश्यक रहेको अभियन्ता न्यौपाने बताउछन् ।

सम्बन्धित समाचार