अर्थ र ब्यापारसमाचार

सुन्दर कार्कीलाई उत्कृष्ट करदाता सम्मान

चरिकोट/कर दिवसको अवसरमा दोलखाका युवा व्यवसायी सुन्दर कार्की उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

करदाता सेवाकेन्द्र दोलखाले बुधवार सदरमुकाम चरिकोटमा आयोजना गरेको कार्यक्रममा श्रीजन कन्स्ट्रक्सनका सञ्चालक सुन्दर कार्कीलाई दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका हुुन् ।

श्रीजन कन्स्ट्रक्सन आर्थिक बर्ष २०७९/८० मा दोलखाबाट सबैभन्दा धेरै कर तिर्ने कम्पनि बनेकोले सञ्चालक सुन्दर कार्कीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको करदाता सेवाकेन्द्र दोलखाका प्रमुख विमल कुमार पौडेलले बताए ।

सम्बन्धित समाचार