दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिकामा उपप्रमुख पदको लागि हुुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार विजयी गराउन प्रमुख राजनीतिक दलहरु सक्रिय भएका छन् ।
नेकपा एमालेले उमा मगर शेर्पालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेपछि अहिले घरदैलो अभियान सुरु गरेको छ । नेकपा एमाले दोलखाले घरदैलो तथा नेता– कार्यकर्तासंग भेटवार्ता गर्ने अभियानको संयोजन गर्न जिल्ला कमिटी सचिव स्वयम बहादुर खड्कालाई जिम्मेवारी दिएको छ । संयोजन टोलिमा जिल्ला नेताहरु जंग गुरुङ, फुरलाक्पा शेर्पा, मिङ्गुर शेर्पा र देवराम बुुढाथोकी रहेका छन् ।
अभियानको समग्र नेतृत्व पार्टीका पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज पार्वत गुरुङ र जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले नै गरिरहनुभएको पार्टी प्रचार विभाग प्रमुुख एवम जिल्ला उपसचिव हरि ओलीले बताए ।
कार्तिक २१ गते मार्वुबाट सुरु भएको पहिलो चरणको घरदैलो अभियान कार्तिक २९ गते टाँसिनाममा पुुगेर सकिने र दोस्रो चरणको अभियान मंसिर २ गते मनोनयन दर्तापछि सुुरु हुने अभियानका संयोजक एवम् एमाले दोलखाका सचिव स्वयम बहादुर खड्काले बताए ।
अभियान अन्र्तगत कार्तिक २१ गते मार्वु, २२ गते चंखुु र २३ गते सुुरीको अभियान सकिएको र अहिले (कार्तिक २४ गते) झ्याकुमा अभियान भै रहेको अभियानका सदस्य जंग गुुरुङले बताए । अब २५ गते जुँगुु– १, २६ गते जुँगुु– २, २७ गते खारे, २८ गते सिमिगाँउ र २९ गते टाँसिनाममा अभियान सञ्चालन हुने गुरुङले बताए ।
एमालेले प्रचार अभियानलाई प्रभावकारी बनाउन, मतदातालाई एमाले उम्मेदवार प्रति आकर्षित गर्न र पार्टीको नीति, विचारबारे जानकारी गराउन वडा तहमा समेत अभियान संयोजन समिति बनाएको छ । जस अनुसार वडा नम्बर १ र २ मा संयोजक झलककुुमार कार्की र सदस्य मुुना शिवाकोटी, वडा नम्बर ३ र ४ मा संयोजक निमा लामा, सदस्यहरु जिपछिरीङ शेर्पा र छिरीङ डोमा शेर्पा, वडा नम्बर ५ मा संयोजक स्वयम बहादुर खड्का र सदस्य अरुण विक, वडा नम्बर ६ मा संयोजक जंग बहादुर गुुरुङ र सदस्य विन्दुु गुरुङ, वडा नम्बर ७ मा संयोजक मिङ्गुरु शेर्पा र सदस्य फुरलाक्पा शेर्पा, वडा नम्बर ८ मा संयोजक देवराम बुुढाथोकी र सदस्य उदयबहादुर खड्का तथा वडा नम्बर ९ मा संयोजक स्वयम बहादुर खड्का र जंग बहादुर गुरुङ रहेका छन् ।
पार्टीले गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखमा आफ्नो उम्मेदवार विजयी गराउन प्रभावकारी ढङ्गले अभियान सुरु गरेको र पार्टी प्रति जनताको आकर्षण राम्रो देखिएको नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ बताउछन् ।
दोलखाको गौरीशङ्कर गाँउपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा निधन भएको थियो । त्यसरी रिक्त रहेको उपप्रमुख पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा लगायतले समेत उम्मेदवार घोषणासंगै घरदैलो र भेटघाट अभियान तिब्र बनाएका छन् ।
नेपाली कांग्रेसले हृदयाघातका कारण निधन भएका उपप्रमुख श्यामसुन्दर तामाङको धर्मपत्नी पासदिकी तमाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पा र नेकपा एकिकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अभियानको क्रममा नेपाली कांग्रेसका सभापति बर्मा लामासंगै बागमति प्रदेशका अर्थमन्त्री कुुन्दनराज काफ्ले लगायतका नेताहरु घरदैलो र भेटघाट अभियानमा सक्रिय रहेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम बागमति प्रदेशका पूर्व बन मनत्री विशाल खड्का लगायतका नेताहरु घरदैलो अभियानमा सक्रिय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्