बागमतीमुख्य समाचार

खुर्कोटको पुलबाट सार्वजनिक यातायात सञ्चालन

{"data":{"pictureId":"37705be15d0a4bc39f90fe2bf3adf306","appversion":"4.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","exportType":"image_export","editType":"image_edit","alias":""},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":"","capability_name":"retouch_edit_tool"}"}

सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मंगलवार दिउँसोबाट सार्वजनिक यातायात सञ्चालन भएको छ । उक्त पुलमा नेपाली सेनाले कार्तिक ४ गते आईतवार मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम सम्पन्न गरेको थियो ।
मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राखेर आवश्यक प्राविधिक परिक्षण पछि सञ्चालन गरिएको खुर्कोटको पुलमा १५ टनसम्मको गाडी गुुडाउन सकिने सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर प्रदिप तमाङले बताए ।
बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले असोज २२ गते बुुधवारबाट एमपिवि जडानको काम सुुरु गरेको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौ दिनमा असोज ३० गते जडानको प्रारम्भिक काम सकेर दुुई जिल्ला जोडेको प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए ।
तामाकोशी– मन्थली– खुर्कोट सडक अन्र्तगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोटको पुलको आधाभागमा बर्षापछिको बाढीले क्षति गरेको हो ।


तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको पुुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताए । पुलमा राखिएको बेलिब्रिजमा एकतर्फीमात्र यातायात सञ्चालन गरिने छ ।
उक्त पुल निर्माणको लागि दशैको समेत पर्वाह नगरी खटिने नेपाली सेनाको टोलीलाई संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले सम्मान गरेका थिए । मन्त्री दहालले पुल निर्माणमा खटिने नेपाली सेना लगायत सबैलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार