बागमतीमुख्य समाचार

खुर्कोटको पुल जडान सकियो, यातायात सञ्चालनको तयारी

सिन्धुली, खुर्कोट/अविरल बर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम आईतवार विहान सकिएको नेपाली सेनाले जनाएको छ ।
ब्रिज राख्ने काम सकेर नेपाली सेनाको गाडी वारपार भएको पुल निर्माणको काम गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँले जनाएको छ । पुुल जडान सकिएर आवश्यक प्राविधिक परिक्षण गरिएको र सार्वजनिक यातायात सञ्चालनको विषयमा भने सडक डिभिजन कार्यालयले निर्णय गर्ने सेनाको भनाई छ ।
बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले असोज २२ गते बुुधवारबाट एमपिवि जडानको काम सुुरु गरेको प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए । सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौ दिनमा असोज ३० गते जडानको प्रारम्भिक काम सकेर दुुई जिल्ला जोडेको थियो । तामाकोशी– मन्थली– खुर्कोट सडक अन्र्तगत एडिविको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधाभागमा बर्षापछिको बाढीले क्षति गरेको हो ।


तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको पुुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताए । पुलमा राखिएको बेलिब्रिजमा एकतर्फीमात्र यातायात सञ्चालन गरिने छ । पुलको क्षमता करिब २० टनको रहेको जनाईएको छ ।
खुर्कोटको पुलमा क्षति भएपछि दोलखा, रामेछाप, ओखलढुुङ्गा, सिन्धुली, खोटाङ लगायतका स्थानीयलाई समस्या भएकोमा सेनाको सक्रियतामा पुल जडानको काम चाँडै सकिएकोले अब आवतजावतमा सहज हुुने रामेछाप मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ बताउछन् ।


नेपाली सेनाले खुुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा सकेकोले अब सरकारले तत्कालै सार्वजनिक यातायात सञ्चालनको निर्णय गर्नुपर्ने दोलखा मेलुुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकर भनाई छ ।
पुलमा बेलिब्रिज जडान भै आवश्यक थप प्राविधिक परिक्षण भै रहेकोले सोमवार वा मंगलवारसम्ममा सार्वजनिक यातायात सञ्चालन हुुनसक्ने जनाईएको छ । सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर प्रदिप तमाङ पुुलको प्राविधिक परिक्षण सकिएपछि सार्वजनिक यातायात सञ्चालनको विषयमा निर्णय हुुने बताउछन् ।

सम्बन्धित समाचार