बागमतीसमाचारस्वास्थ्य

विद्यार्थीहरु को लागि निशुल्क स्वास्थ्य शिविर

दोलखा/धुलिखेल अस्पताल दोलखाले तामाकोशी गाँउपालिकाको समन्वयमा वडा नम्बर– २ झुले स्थित जनप्रभाव माविमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा बालरोग विशेषज्ञ द्वारा स्वास्थ्य परिक्षण, दन्त परिक्षण र फिजियो थेरापी सेवा दिईएको धुलिखेल अस्पताल दोलखाका चिकित्सक प्रमुख डा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍. शैलेस प्रसाद श्रेष्ठले बताए ।
डा.अनिश जोशीको समन्वयमा भएको बाल स्वास्थ्य परिक्षणमा तामाकोशी गाँउपालिका भित्रका चार वाट विद्यालयका दुई सय ४८ जना विद्यार्थीहरु को स्वास्थ्य परिक्षण गरिएको अस्पतालका चिकित्सक प्रमुख डा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍. श्रेष्ठले बताए ।
शिविरमा ६८ जना विद्यार्थीको ईको, नौ जना विद्यार्थीको ईसिजि र एक सय ६४ जना विद्यार्थीको दन्त परिक्षण गरिएको डा. अनिश जोशीले बताए । त्यसरी स्वास्थ्य परिक्षण गरिएको विद्यार्थीहरु मध्य १९ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल दोलखामा बोलाईएको पनि डा. जोशीले बताए ।

सम्बन्धित समाचार