बागमतीयो पनिस्वास्थ्य

सुुन्द्रावतीमा रक्तदान कार्यक्रम

दोलखा/६२ औँ नेपाल रेडक्रश दिवसको अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ९ सुुन्द्रावती कटुवाचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
दिपज्योती समाज सुुधार संस्था, दिपज्योती बचत तथा ऋण सहकारी संस्था, रेडक्रश उपशाखा सुुन्द्रावती र सुन्द्रावती युवा सञ्जालको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा चार जना महिला सहित १७ जनाले रक्तदान गर्नु भएको सुन्द्रावती युवा सञ्जालका अध्यक्ष देवीप्रसाद ओलीले जानकारी दिए ।
नेपाल रेडक्रश सोसाईटी दोलखा शाखाका सभापति इश्वरीप्रसाद दहालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष रामप्रसाद मैनाली, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका मन्त्री भरत नारायण प्रधान, नेपाल रेडक्रस सोसाईटी सुन्द्रावती शाखाका सभापति शंकरकुमार ओली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार