मुख्य समाचारसमाचार

विपद् जोखिम व्यवस्थापन कार्यशाला

चरिकोट/युएसएआईडीको तयार नेपाल– विपद् जोखिम व्यवस्थापन परियोजना, सिकाइ आदान– प्रदान तथा दिगोपना कार्यशाला बुधवार सकिएको छ ।
दोलखा सदरमुुकाम चरिकोटमा भएको कार्यशालामा युएसएआईडीको तयार नेपाल परियोजनाको संक्षिप्त प्रगति र उपलब्धिको समिक्षा, परियोजनाको मुख्य सिकाई र अनुभव आदान– प्रदान तथा परियोजनाका क्रियाकलापहरुको दिगोपनाको विषयमा छलफल भएको तयार नेपाल परियोजनाका जिल्ला संयोजक थीरबहादुर थापामगरले बताए ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यशालामा खोरथली सामुुदायीक बन उपभोक्ता समूूहका अध्यक्ष नारायण थापा, फूलखेती तालिमका सहभागि बबिता श्रेष्ठ, जलवायुमैत्री कृषि कार्यक्रमको लाभान्वित बालकृष्ण वस्नेत, आर्थिक उत्थानशिलता कार्यक्रमका सहभागि नरबहादुर थामी, भीमेश्वर नगरपालिकाका अग्नी नियन्त्रक शिव खड्का, भीमेश्वर बहिरा स्कूलका प्रधानाध्यापक गुणराज सुवेदी, ग्रामिण विकास टुुकी संघका पुरुषार्थ श्रेष्ठ र दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले परियोजना सञ्चालन पछिका सिकाई अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत, शिक्षा शाखाका सुन्दर खड्का, युएसएआईडीको तयार नेपाल परियोजनाका प्रमुख तिर्थराज जोशी, भीमेश्वर नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर– ४ का वडा अध्यक्ष तारानाथ चौलागाई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी र बागमति प्रदेशका सांसद भरत बहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार