कला / साहित्यबागमतीसमाचार

चरिकोटमा ‘फूलः सुुरु देखी अन्त्यसम्म’ फोटो प्रर्दशनी

दोलखा/फोटो पत्रकार जीवन लामाको सक्रियतामा दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको हलमा बुुधवार (आज) बाट ‘फूलः सुुरु देखी अन्त्यसम्म’ फोटो प्रर्दशनी सुुरु भएको छ ।
चरिकोट मिडिया फाउण्डेशनको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको समन्वय तथा रुपकला चरिकोटको प्रवद्धनमा सुरु भएको फोटो प्रदर्शनीमा बिभिन्न व्यक्तिहरुले खिचेको फरक– फरक प्रजातिका फूूलहरु राखिएका छन् ।
प्रर्दशनीमा दोलखा जिल्लाको सबैभन्दा कम उचाँईको स्थानदेखी सबैभन्दना बढी उँचाईको स्थानमा पाईने बिभिन्न प्रजातिको फूलहरु राखिएको आयोजक चरिकोट फाउण्डेशनका अध्यक्ष फोटो पत्रकार जीवन लामाले बताए ।
फोटो प्रर्दशनीले जिल्लामा पाईने महत्वपूर्ण फूलहरुको संरक्षणमा टेवा पुुग्ने र यसको अध्यनमा आउनेहरुको लागि सहज हुने अपेक्षा राखिएको लामाको भनाई छ ।
प्रर्दशनीमा राखिएको फूलका फ्रेमहरु किन्न चाहनेले आफुलाई मन परेको फूलको फ्रेम बुक गर्न सक्ने र प्रर्दशनीको अन्तिम दिन विहिवार लान सक्ने लामाले बताए । फूलका फ्रेमहरु एउटाको १५ सय, दुुई वटाको २५ सय र तीनवटाको ३५ सयमा प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार