कला / साहित्यबिचार / ब्लग

गीति कबिता

सम्राट चाैलागाई

दृश्य नभएको यो आत्माको

कथा

कला नभएको हाम्रो

बिछोडको ब्यथा

भुल्नै नसक्नु रातमा

सपनी नदेख्दा

बिहानिमा दिन बिताउने

बहाना खोज्दा

लेख्नु पर्ने छ एउटा सुनौलो

कथा

सबै मर्म समेटिएको

सबै खुसी साथ निभाउनु पर्ने छ

दियो उज्यालोको

किनकी त्यहाँ रहेका सियो

बिलौनाको

के छ त्यो खाली पाना हेर्नेले

बुझ्ला

कुदिरहेका भावना

कस्को कसैले सोध्ला

हराएका प्रेम अपुर्ण कहानी

बिलाएका

लेख्नै पर्ने छ पानीले

बालुवा भित्र यी कथा

भएका साहुका ऋण चुक्ता

अझै कति

हिसाब किताब छैन ती मायाका

बत्ती दियालो बाल्दै हेरेको

त्यो तिम्रो रुपको

लेख्नु छ साथी तिम्रो मेरो कथा

नयाँ सम्बन्धको

सम्बन्धित समाचार