बागमतीसमाचारस्वास्थ्य

च्छो–रोल्पा अस्पताल आएका एक जनामा डेंगु संक्रमण पुष्टि

चरिकोट/दोलखा सरदमुकाम चरिकोट स्थित च्छो–रोल्पा जनरल अस्पतलामा उपचारका लागि आएका भीमेश्वर नगरपालिका वडा नम्बर– ५ का एक जेष्ठ नागरिकमा डेंगु पहिचान भएको छ ।
वान्ता हुने, ज्वरो आउने, हातखुट्टा कट्कटी खाने जस्ता समस्या देखिएपछि मंगलवार अस्पताल आउनुभएका जेष्ठ नागरिकमा देखिएको लक्षणको आधारमा डेंगु परीक्षण गर्दा डेंगु पहिचान भएको अस्पतालका मेडिकल डाईरेकटर डा.विनोद दंगालले जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भएर उपचार गराइरहनु भएको विरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोले शुक्रबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । डा.दंगालका अनुसार उच्च ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, सम्पूर्ण शरिरको जोर्नी दुख्ने, शरीरमा रातो विविरा देखा परेमा डेंगु संक्रमणका लक्षण हुन सक्छ ।
लामखुटेको टोकाईबाट सर्ने रोग भएकाले जुनसुकै उमेर समुहका मानिसलाई डेंगु सक्रमण हुन सक्ने भएकाले सचेतता अपनाउन र डेंगु रोगको लक्षण देखिएमा तुरुन्त स्वास्थ संस्थामा स्वास्थ्य परीक्षण गराउन डा.दंगालले अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचार