अन्तरास्ट्रियसमाचार

जापानमा मृत्यु भएकाकाे परिवारलाई सहयोग

चरिकोट/ जापानको फुकुओकामा हृदयघातका कारण मृत्यु भएका दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुँ स्थाई घर भएका बिबेक चिमोरीयाको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

चिमोरीयाको परिवारलाई नेपाली जनसम्पर्क समिति अन्तरिम केन्द्रिय समिति जापानका केन्द्रिय अध्यक्ष डिका कार्की तथा महामन्त्रीहरु शम्भु केसी र बिराट खनाल लगायतले संकलन गरि जापानबाट पठाएको ५० हजार सहयोग रकम मृतकका दाजु सन्तोष चिमोरियालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कुन्दनराज काफ्लेले आज एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो ।

रकम हस्तातरण गर्दै दुखमा सहयोग गरेकोमा काफ्लेले नेपाली जनसम्पर्क समिति अन्तरिम केन्द्रिय समिति जापानलाई धन्यबाद ब्यक्त गर्नु भयो । चिमोरियाको परिवारलाई यसअघि पनि दोलखा समाज जापानका अध्यक्ष रोशन थापाको नेतृत्वमा संकलित तेह्र लाख २१ हजार रकम हस्तान्तरण गरिसकेको छ ।

सम्बन्धित समाचार