अर्थ र ब्यापारकृषि र सहकारीसमाचार

लक्ष्मी लघुबित्तकाे छात्रवृत्ती सहयाेग

दोलखा/  दोलखा सदरमुकाम चरिकोटमा रहेको लक्ष्मी लघुबित्त वित्तिय संस्था लिमिटेडले भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित क्षेमावती माविमा अध्ययन गरी एसइई उतिर्ण एक छात्रालाई छात्रवृत्ती प्रदान गरेको छ । 

क्षेमावती डोलागाँउमा रहेको डोलागाँउ लक्ष्मी महिला केन्द्रमा आवद्ध सदस्य कबिता थामीकी छोरी अनिता थामी लाई अध्ययनमा सहज हुनेगरी छात्रवृत्ती रकम प्रदान गरेको हो ।  क्षेमावती माध्यमिक विध्यालयबाट यसै बर्ष एसइई उतिर्ण अनिता थामीलाई वडा नं. १ का वडा अध्यक्ष माधव थमीले छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन । 

आगलागी, चट्याङ, बाढीपहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तीमा पनि सहयोग गर्दै आएको संस्थाले सदस्यहरुलाई दीर्घरोगको उपचार तथा परिवारका अभिभावकको निधनमा काजक्रिया खर्चमा समेत सहयोग गर्दै आएको छ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा रहेको लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले आम्दानीको केहि हिस्सा सामाजिक क्षेत्रमा पनि खर्च गर्दै आएको शाखाका प्रबन्धक मनिष ढकालले जानकारी दिएका छन ।  कार्यक्रममा संस्थाको कर्मचारी, स्थानीय र केन्द्रमा आवद्ध महिला दिदी-बहिनीको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार